site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए ।

३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले अस्ट्रेलियाको यू–१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार १०४ रन बनाएका छन् ।

मंसिर १५ गतेदेखि सुरु भएको एनपीएलमा कर्णालीले पहिलो खेल खेलिसकेको छ । पहिलो खेलमै कर्णाली जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटले पराजित भएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro