site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने भएका छन् । 

उनी भारतबाट श्रीलंका हुँदै नेपाल भ्रमणमा आउन लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

विदेश मन्त्रालयका अनुसार उनले डिसेम्बर ३ देखि १० सम्म भारत, श्रीलंका र नेपालको भ्रमण गर्नेछन् । उनी डिसेम्बर ३ मा भारत आइपुग्ने छन् भने डिसेम्बर ५ मा श्रीलंका पुग्ने कार्यक्रम छ । 

उनको भ्रमणले क्षेत्रीय समृद्धि र सुरक्षा प्रवर्द्धन गर्न दक्षिण एसियाका प्रमुख साझेदारहरूसँगको सहकार्यलाई मजबुत बनाउने विश्वास अमेरिकी विदेश मनत्रालयले लिएको छ ।

“सहायक विदेशमन्त्री लुले वातावरण संरक्षण, महिला सशक्तिकरण र दिगो विकासका क्षेत्रमा सहयोगलाई अगाडि बढाउन वरिष्ठ नेताहरूसँग भेटेर नेपाल भ्रमण समापन गर्नेछन्,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro