site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर  

काठमाडौं । नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । 

नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार (हिजो) बेइजिङ पुगेको हो ।

हस्ताक्षरअघि प्रधानमन्त्री ओलीलाई लीले ग्रेट हल अफ पिपलमा आयोजित समारोहमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अरू चिनियाँ नेता पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यको परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अरू नेताको परिचय गराएका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

त्यसलगत्तै दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro