खेल
काठमाडौं । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलका क्रममा प्रतिद्वन्द्वी समर्थकबीच आइतबार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलका क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो ।
खेलको अन्त्यमा तनाव बढ्यो, जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । लेबेका खेलाडीहरूले त्यसको कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रुग्यास प्रहार गरेका थिए ।
गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्