site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीविरुद्ध पावर प्लेमा जनकपुरको उत्कृष्ट सुरुआत, आसिफ र अनिलकाे अर्धशतकीय साझेदारी 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरको खेल सकिँदा विकेट नगुमाइ ५५ रन बनाएको छ । 

जनकपुरका ओपनर आसिफ सेख १९ र कप्तान समेत रहेका अनिल शाह ३४ रनमा खेलिरहेका छन् । यो जारी एनपीएलमा ओपनिङ जोडीले बनाएको अहिलेसम्मकै ठूलो साझेदारी हो । 

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro