site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा 
रवि लामिछाने । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । अघिल्लो पेसीको झन्डै ११ महिनापछि सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।

युवराज सफलले लामिछानेमाथि उक्त विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सोमबार न्यायाधीश फुयाँल र निरौलाको पेसी सूचीको ३० नम्बरमा परेको थियो ।

सर्वोच्चले यसअघि तीनपटक फाइल मगाउने आदेश गरेको थियो । ०७९ चैत २२ मा न्यायाधीश फुयाँलको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

०८० जेठ १ गते फुयाँलकै इजलासले फाइल मगाउने आदेश गरेपछि पेसी आठ महिना सारिएको थियो । त्यसको झन्डै ११ महिनामा फेरि पेसी चढेको मुद्दा पुनः हेर्न नभ्याइनेमै परेर स्थगित भएको छ ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ०७९ चैत ६ गते  लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा हाल लामिछाने प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro