site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रामथानमा ‘मोदी फ्याक्टर’ले माओवादीको जित, नेतृत्वको स्थानीयलगाबको परीक्षण

विराटनगर । विसं. २०७९ को चुनावमा कांग्रेस विजयी भएको ग्रामथान गाउँपालिका यसपटक माओवादी केन्द्रले खोसेको छ । 

माओवादीले कांग्रेस र एमालेको चार हजार मत आफूतिर तान्न सफल भएपछि पालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका हुन् । 

स्थानीय नेताका अनुसार माझीले कांग्रेसको दुई हजार ‘मत चोर्न’ सफल भए । त्यति नै एमालको मत पनि आफ्नो पोल्टामा पारे ।
 
कांग्रेसबाट पाका उमेदवार बलराम सरदार थारुलाई १ हजार ६३६ को मतान्तरले पराजित गर्दा एमाले उमेदवार तुलसीराम विश्वासले ४ हजार १५९ मत ल्याए । अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीको मत २ हजार ७२७ मात्र थियो ।
 
विजयी भएपछि माझीले भने, “म पहिले पनि वडाध्यक्षको रूपमा काम गरेको र मेरो काम जनताले देखेर रुचाउनु भएको थियो । मलाई अभूतपूर्व समर्थन गरेर यो पटक पालिका अध्यक्षमा निर्वाचित गराउनु भएको हो ।” अब ग्रामथानको विकासमा स्थानीयको माग र सुझावअनुसार नै अघि बढ्ने उनले बताए ।
 
कांग्रेसका स्थानीय नेता टीकाराम खतिवडाका अनुसार ग्रामथानमा यो पटक कांग्रेसभित्र आपसी मनमुटाव थिएन । 

नेतृत्वको स्थानीयताको कुरा गर्दा संघीय सांसद अमनलाल मोदीको जनतासँगको सामिप्यताले धेरै काम गरेको उनले सुनाए । “उहाँको स्थानीय तहप्रतिको प्रेम, हरेक क्षेत्र र व्यक्तिहरूसँगको निकटवर्ती सम्बन्ध अनि कुशल नेतृत्वका कारण पनि माओवादीले एमाले र कांग्रेसको मत आफ्नो पक्षमा पार्न सकेको हो,” उनले भने ।

ग्रामथानमा माओवादी उमेदवार विजयी भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई टेलिफोन गरेर बधाई समेत दिएका छन् । ग्रामथानमा मोदी हरेक घरमा चिनिएका छन् । हरेक घरमा पाइला टेकेका तथा स्थानीयका अधिकांश समस्या बुझेका नेताका रूपमा उनको छवि छ । 
 
ग्रामथान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । यो क्षेत्र कांग्रेस नेता महेश आचार्यको हो । यो पटकका कांग्रेस उमेदवार नेता डा. शेखर कोइराला पक्षका थिए । 

कांग्रेसका एक स्थानीय नेताका अनुसार उमेदवार जिताउन भन्दै यसपटक कांग्रेसका ‘बाहिरियाहरू धेरै गएर चुनावी अभियानमा खटिएको’समेत स्थानीयले रुचाएका थिएनन् ।
 
मनोनयनको दिन कांग्रेसका स्थानीय नेतृत्व दिलीप गच्छदार लगायतलाई चुनावी सभामा सहभागी नगराइएको विषयमा समेत असन्तुष्टि रहेको त्यसबेलै कांग्रेस वृत्तमा चर्चामा थियो । यसबाहेक उमेदवार सरदारको स्थानीय नेतृत्व र मतदातासँगको व्यक्तिगत समस्याका कारणसमेत कांग्रेसलाई घाटा भएको  कांग्रेसको विश्लेषण छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro