site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा कर्ण शाक्यको रिसोर्टमा नेकपा बहुमतको तोडफोड

पोखरा । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता कार्यकर्ताहरूले पोखराको लेकसाइडमा सञ्चालित पर्यटन व्यवसायी कर्ण शाक्यको रिसोर्टमा तोडफोड गरेका छन् ।

केजीएज ग्रुपद्वारा सञ्चालित चारतारे वाटरफ्रन्ट रिसोर्टको गेटमा तोडफोड गर्दै नेकपा बहुमतका नेता कार्यकर्ताहरूले त्यहाँ पार्टीको झन्डा गाडेका थिए । शनिबार नाराबाजीसहित तोडफोडमा उत्रिएका उनीहरूले सात बुँदामा तोडफोडको कारणसहितको ब्यानर पनि राखेका थिए ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपा बहुमतको जिल्ला संगठन समिति कास्कीले तोडफोडको जिम्मेवारी लिएको छ । उनीहरूले रिसोर्टको गेटमा क्षति पुर्‍याएका थिए भने एउटा टेबुल फुटालेका थिए ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवातालको संरक्षण राज्यको कर्तव्य भएको हुँदा कुनै अमुक पार्टीले वा व्यक्तिले करोडौँ लगानी भएका व्यवसायमा हानि पुर्‍याउनु दु:खद भएको बताए ।

“ताल संरक्षणको जिम्मा सरकारले पाएको हो, सरकारले नै संरक्षण गर्छ । तर, कुनै पार्टीका नाममा व्यवसायलाई क्षति पुर्‍याउन पाइँदैन,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro