site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलको उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुरले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध जनकपुर बोल्ट्सले फिल्डिङ गर्ने भएको । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि  टस जितेर जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै विराटनगरलाई ब्याटिङमा निम्त्याएका हुन् ।

प्रतियोगितामा विराटनगर सन्दीप लामिछानेको कप्तानीमा छ । सन्दीप विराटनगरका मार्की खेलाडीसमेत हुन् । यता, जनकपुरका मार्की खेलाडीमा भने आसिफ सेख छन् ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् । 

सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro