site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री राणाले बीआरआईमा दलहरूबीच कुनै मतभिन्नता नरहेको र मिडियाले विवाद सिर्जना गरेको बताइन् ।

उनले परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै त्यहीअनुसार नै बीआरआईका विषयमा निर्णय लिने जिकिर गरिन् ।

भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro