site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लेकबाट बेँसी झर्न थाले भेडाका बथान, लमजुङमा कति छन् भेडाबाख्रा ?
फाइल तस्बिर ।

लमजुङ । चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् । 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा. सुनील न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ छन् । ती सबै लेकबाट बेँसी झर्न थालेका छन् । 

सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ छन् ।

गर्मीयाममा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ पुनःफर्किएका भेडीगोठाला कमल अधिकारीले बताए । उनले भने, “गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ ।”

क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँका दिर्घराज घलेले गाउँका दुई वडाका भेडीगोठ रहेका र चिसो हुन थालेसँगै लेकबाट घलेगाउँतर्फ ल्याउन लागेको बताए ।   

कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला क्युबे–ल्हेदे हुँदै गाउँतर्फ फर्किन थालेको स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी ताघ्रिंका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी आइपुगेको र केही हप्तापछि गाउँमै ल्याइनेछ ।  

विशेष गरी गुरुङ समुदायको पुर्यौली चलन तथा पेसाको रुपमा भेडिगोठलाई लिइन्छ । लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूध पोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म लैजाने गरिन्छ । 

पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिंजेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिंका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेको छ । 

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ । भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्यांक छ । 

वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो रु तीन सयमा बिक्री हुने गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro