site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
भारतीय समाचार एजेन्सी एएनआईद्वारा ओपन एआईविरुद्ध मुद्दा दायर

काठमाडौं । भारतीय समाचार एजेन्सी एएनआईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपन एआईविरुद्ध मुद्दा दायर गरेको छ । ओपन एआईले च्याटबट च्याटजीपीटीलाई परीक्षण दिन आफ्ना प्रकाशित सामग्रीहरू अनुमतिबिना प्रयोग गरेको भन्दै एएनआईले दिल्ली अदालतमा मुद्दा दायर गरेको हो ।

विश्वभर ओपन एआईविरुद्ध मुद्दा हाल्ने सञ्चारमाध्यम न्यूर्योक टाइम्स, सिकागो ट्रिब्युनलगायतमा पछिल्लो एएनआई बनेको हो । मुद्दाको पहिलो सुनुवाइमा मंगलबार दिल्ली उच्च अदालतले ओपनएआईलाई एएनआईको आरोपविरद्ध विस्तृत प्रतिक्रिया दिन आदेश दिएको छ ।

यसरी प्रकाशित सामग्री एआई प्लेटफर्मले प्रयोग गरिरहेको वैधानिकताबारे पनि निर्णय गर्नुपर्ने एएनआईको भनाइ छ । कतिपय मनगढन्ते समाचारमा समेत च्याटजीपीटीले एएनआईले लेखेको भन्दै गलत भाष्य निर्माण गरेको समाचार एजेन्सीको आरोप छ ।

ओपनएआईका वकिलले एएनआईलाई गत सेप्टेम्बरदेखि उक्त वेबसाइट आन्तरिकरुपमा ब्लक गरिएको र एआई मोडललाई परीक्षण गर्न रोक लगाइएको भनेर प्रतिक्रिया पठाएको अदालतमा पेस गरिएका कागजातमा उल्लेख छ ।

एएनआईले भने यसले प्रकाशन गरेका सामग्री स्थायीरुपमा च्याटजीपीटीको मेमोरीमा भण्डारण भएको र त्यसलाई डिलिट गर्ने कुनै प्रोग्रामिङ नभएको दाबी गरेको छ ।

ओपन एआईले आफ्ना मोडलहरूलाई सार्वजनिकरुपमा उपलब्ध सामग्रीका आधारमा प्रशिक्षण गरिएको बताउँदै आएको छ । आफ्नो च्याटबटको सेवा बिक्री गरिरहेको ओपन एआईले विभिन्न सञ्चार माध्यमका डिजिटल प्लेटफर्ममा प्रकाशित एवं इन्टरनेटमा उपलब्ध सामग्री अनुमतिबिना प्रयोग गरेपछि मुद्दा खेप्न थालेको हो ।

यो मुद्दाको दोस्रो सुनुवाइ जनवरी २८ का लागि तोकिएको छ । रोयटर्स 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro