site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको आर्दशबाट आफूहरू प्रेरित भइरहने बताएका छन् । 

सोमबार काठमाडौंको नयाँगौचरनमा राखिएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रूपमा पनि चित्रण गरे । 

जनप्रतिनिधिहरूको संस्था संसद्लाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । लोकतन्त्रको बाटो दृढतापूर्वक अघि बढ्न सिकाएको उल्लेख गर्दै त्यसैबाट प्रेरित भएर अघि बढ्ने संकल्प पनि गरे । 

"संसद्लाई जीवन्त र बलियो कसरी बनाउने ? संसदीय प्रणालीलाई जनप्रतिनिधिहरूको संस्था कसरी सुदृढ गर्ने भन्ने कुरामा उहाँसँग एउटा उन्नत र व्यवस्थित सोच थियो । त्यही सोचले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान छ । उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आर्दशहरूबाट प्रेरित रहनेछौँ । उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौँ," प्रधानमन्त्री ओलीले भने । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संसदीय प्रणालीलाई सुदृढ बनाउने उनले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको पनि उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro