site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीमा बसको ठक्कबाट साइकलयात्रीको मृत्यु, स्थानीयले गरे आगजनी

इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराएर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन् । आगजनीबाट बस पूर्णरूपले जलेर नष्ट भएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro