site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यवसायीले कारोबारको लेखा प्रतिवेदन पारदर्शी बनाउनुपर्छ : सुवेदी
Dabur Nepal
NIC Asia

काठमाडौं । आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्त सुवेदीले पेसा तथा व्यवसाय गर्ने हरेक व्यक्ति करको दायरामा आउनुपर्ने बताएका छन् । शनिबार राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा उनले हरेक कारोबारमा बिल बिजक अनिवार्य जारी गर्न र नियमित रूपमा कर दाखिला गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

व्यवसायीलाई कारोबारको लेखा प्रतिवेदन पारदर्शी बनाएर असल करदाता बन्न पनि उनले आग्रह गरे । “लगानी बढ्दा उद्योग र व्यापार बढ्ने हुँदा रोजगारी बढ्छ । रोजगारी सिर्जनाले नागरिकको जीवनस्तरमा सुधार आउँछ,” उनले भने, “नागरिकको क्रयशक्ति बढेर वस्तु तथा सेवाको खपत बढ्यो भने राजस्वमा वृद्धि हुन्छ । राजस्वमा वृद्धि हुँदा पूर्वाधार निर्माणमा सरकारी लगानी बढ्ने र लगानीले फेरि राजस्व बढाउने गर्छ ।”

उच्च आर्थिक वृद्धिका निम्ति आन्तरिक तथा बाह्य लगानी बढ्नुपर्ने उनले उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro