site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी अञ्चल अस्पतालको भवन निर्माणको प्रगतिप्रति उपप्रधानमन्त्री सिंह असन्तुष्ट
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कोसी अञ्चल अस्पतालको भवन निर्माणको प्रगति हेरेर असन्तुष्टि जनाएका छन् । विराटनगर पुगेका सिंहले सरोकारवालाहरूसहित  अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका थिए ।

“कोसी अञ्चल अस्पताल परिसरमै निर्माणाधीन ५०० शैय्याको अस्पताल निर्माणको गति सुस्त देखिएको छ । अस्पताल भवनको निर्माण समयमै सक्ने गरी काम गर्नुस् । प्रभावकारी रूपमा निर्माणको काम हुनुपर्छ । जनतालाई छिटै सेवा प्रवाह हुनुपर्छ,”  सिंहले भने, “निर्माणका क्रममा केही समस्या भए भन्नुस् । मन्त्रालयले सहजीकरण गर्नेछ । तर, काममा ढिलाइ गर्ने, कन्ट्राक्टअनुसार काम भएन भने सोच्नुपर्ने अवस्था आउनसक्छ ।”

०७९ पुस १३ गतेबाट निर्माण सुरू भएको अस्पतालको भवन ०८२ पुस १२ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro