site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेसन्स लिग : इंग्ल्यान्डको सहज जित 

काठमाडौं । यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डले घरेलु टोली ग्रीसविरुद्ध ३–० को सहज जित निकालेको छ ।

बिहीबार एथेन्स ओलम्पिक रंगशालामा पाहुना टिम इंग्ल्यान्डलाई जित दिलाउन ओली वाट्किन्स र कर्टिस जोन्सले समान एक गोल गरे । इंग्ल्यान्डले अर्को एक गोल आत्मघाती उपहार प्राप्त गरेको थियो ।

Dabur Nepal
NIC Asia

खेलको सातौँ मिनेटमा वाट्किन्सको गोलमार्फत इंल्यान्डले अग्रता लिएको थियो । ७७औँ मिनेटमा ओडिसेयस भ्लाकोडिमोसबाट आत्मघाती गोल हुँदा इंग्ल्यान्डले अग्रता दोब्बर बनाएको थियो । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा जोन्सले गोल गर्दै टिमलाई सहज जित दिलाए ।

जितसँगै पाँच खेलबाट १२ अंक जोडेको इंग्ल्यान्ड लिग ‘बी’को समूह–२ मा शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा पहिलो हार व्यहोरेको ग्रीस समान खेलबाट १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा आयरल्यान्डले फिनल्यान्डविरुद्ध १–० को कठिन जित निकाल्यो ।

बिहीबार राति नै भएका अन्य खेलमा नर्वेले स्लोभेनियालाई ४–१, अस्ट्रियाले कजाखस्तानलाई २–०, नर्थ म्यासेडोनियाले लात्भिया र फिरोय आइल्यान्डले अर्मेनियालाई समान १–० ले पराजित गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro