site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकपमा छनोट भएको महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरसहित)

काठमाडौं । पहिलोपटक यू–१९ विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल क्रिकेट संघ (क्यान)सहित समर्थकले नेपाल महिला क्रिकेट टोलीलाई स्वागत गरेका हुन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि आठ विकेटको जित निकाल्दै नेपालले पहिलोपटक यू–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । 

नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै, यूएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यू–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदै छ ।

विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो ।

यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बंगलादेश र मलेसिया सहभागी हुने छन् । 

हेर्नुहोस् तस्बिरहरू

Nepal-U19-Women-World-Cup-(8)-1731594297.jpg

Nepal-U19-Women-World-Cup-(6)-1731594295.jpg

Nepal-U19-Women-World-Cup-(7)-1731594296.jpg

Nepal-U19-Women-World-Cup-(4)-1731594292.jpg

Nepal-U19-Women-World-Cup-(5)-1731594292.jpg

Nepal-U19-Women-World-Cup-(2)-1731594291.jpg

Nepal-U19-Women-World-Cup-(9)-1731594297.jpg

Nepal-U19-Women-World-Cup-(10)-1731594298.jpg

Nepal-U19-Women-World-Cup-(1)-1731594298.jpgNepal-U19-Women-World-Cup-(3)-1731594291.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro