site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई संस्कृतिविद्लाई ललितपुर महानगरको सम्मान
Tiktok banner adTiktok banner ad

ललितपुर । ललितपुर महानगरपालिकाले दुईजना संस्कृतिविद्लाई विशेष सुविधा दिएर सम्मान गरेको छ । संस्कृति तथा पुरातत्त्वविद् हरिराम जोशी र अर्का संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरिएको हो ।

ललितपुर महानगरले बिहीबार एक कार्यक्रमबीच उनीहरूको दिनचर्यालाई सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रूपमा नगर प्रहरी, मोबाइल सेट हस्तान्तरण गरेर सम्मान गरेको हो ।

साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनुपरेको अवस्थामा लाग्ने सबै खर्च महानगरले बेहोर्ने व्यवस्था मिलाइएको छ ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको बताए । 

सम्मानित जोशी र कायस्थले कला, संस्कृति र सम्पदाको क्षेत्रमा आफूहरूले गरेको कामको कदर गर्दै सम्मानसहित सुविधा दिएकोमा धन्यवाद दिए ।

ललितपुर महानगरको वडा नम्बर ५ निवासी हरिराम जोशी वि.सं. १९९२ जन्मिएका हुन् । त्यसैगरी, छत्रबहादुर कायस्थको जन्म वि.संं. १९९९ मा भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro