site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकलाई दक्षिण एसियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डमा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेषसभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ । 

Dabur Nepal
NIC Asia

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो । 

नबिल बैंक नेपालले २६८ शाखा र ३२० एटीएम मेसिनमार्फत सेवा दिँदै आएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro