अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाल सुन तोलामा २४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्