site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोपोन्मुख  जलचर जोगाउन राप्ती नदी सरसफाइ
फाइल तस्बिर ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो ।

नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको राप्ती सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए । 

करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइमा करिव दुई हजार आठ सय केजी फोहाेर संकलन गरिएको उनले बताए । सिसा, प्लाष्टिक, कपडा, बोटल, धातुलगायत २७ प्रकारका फोहाेर भेटिएको छ ।

अभियानले नदी क्षेत्रबाट २५ हजार मेट्रिक टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको उनले जानकारी दिए । फोहोर संकलन गर्न २१ हजार स्वयंसेवक खटिएको उनले बताए । 

राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने यस नदी क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जलचरसमेत पाइन्छन् । तर मानवीय क्रियाकलापका कारण उनीहरूलाई असर परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा. गणेश पन्तले जानकारी दिए । 

“यहाँ घडियाल गोही जालमा परेको पाइएको छ, मृगहरूले प्लाष्टिक खाएको देखिन्छ, गैँडालगायत जनावरका खुट्टामा सिसा गाडिएको देखेका छौँ”, उनले भने । “प्लाष्टिक तथा सिसाजन्य फोहरका कारण वनस्पतिलाई समेत असर पर्ने देखिन्छ ।”

राप्ती नदीलाई संरक्षण गर्न मानवीय व्यवहारमा परिवर्तनसँगै कानुन निर्माण गर्नुपर्ने बताए ।  सरसफाइ कार्यक्रममा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro