site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २२ अंकले बढ्यो, ११ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २२.१४ अंकले बढेको छ । नेप्से ०.८० प्रतिशतले बढेर २७६०.२१ को विन्दुमा पुगेको छ ।

यसदिन ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँमा दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर मूल्य घट्दा ९ को स्थिर छ ।

सोमबार पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । 

सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाइड्रोपावर लिमिटेड छ र यसको सेयर मूल्य दश प्रतिशतले घटेको छ ।

कारोबारमा रहेको १३ उपसमूहमध्ये आठको समूहगत परिसूचक बढेको छ भने पाँचको घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स क्षेत्रको समूहगत परिसूचक ३.२० प्रतिशतले बढेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro