site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हरिबहादुरको जुत्ता’मा स्क्रिन सेयर गर्दै प्रियंका र स्वस्तिमा 

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’मा प्रियंका कार्की अनुबन्धित भएकी छन् । स्वस्तिमा खड्कापछि प्रियंका कार्की अनुबन्धित भएकी हुन् । यी दुईले ‘हरिबहादुरको जुत्ता’मा स्क्रिन सेयर गर्ने भएका छन् । 

यो चलचित्रमा प्रकाश सपूत यसअघि नै अनुबन्धित भइसकेका छन् । ‘हरिबहादुरको जुत्ता’ सिनेमाको मुख्य भूमिका हरिवंश आचार्यले निर्वाह गर्नेछन् । 

दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘हरिबहादुरको जुत्ता’ गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले निर्माण गर्नेछन् । 

सिनेमाको पटकथा तथा संवाद हरिवंशले लेखेका हुन् । सिनेमाको कन्सेप्ट पनि हरिवंश स्वयंको हो । 

माघ २१ गतेबाट चलचित्र छायांकनमा जाने निर्देशक दीपेन्द्रले जानकारी दिए ।     
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro