site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ विजेता महिला टिमलाई बीएफएफले डेढ करोड टाकासहित सम्मान गर्ने

काठमाडौं । बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)ले नेपालमा आयोजित साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी टिमलाई डेढ करोड टाका (स्थानीय मुद्रा)सहित सम्मान गर्ने भएको छ । शनिबार बसेको बीएफएफको कार्यसमिति बैठकबाट महिला टिमलाई डेढ करोड टाकासहित सम्मान गर्ने निर्णय गरिएको हो ।

उक्त प्रतियोगिताको फाइनलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रोपटक उपाधि जितेको थियो । नेपालमै सन् २०२२ मा भएको फाइनलमा पनि बंगलादेशले नेपाललाई नै ३–१ ले हराउँदै पहिलोपटक साफको उपाधि जितेको थियो ।

बीएफएफअघि बंगलादेशको खेलकुद मन्त्रालयले पनि टिमलाई एक करोड र बंगलादेश क्रिकेट संघले २० लाख टाकासहित सम्मान गर्ने घोषणा गरेको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro