site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालका चार प्रविधि संस्था प्रतिष्ठित असोसियो अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । नेपालका चार संस्था असोसियो २०२४ डीएक्स अवार्डबाट सम्मानित भएका छन् ।

एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसओसीआईओ)को आयोजनामा जापानको टोकियोमा यही नोभेम्बर ६ देखि ८ सम्म असोसियो डिजिटल शिखर सम्मेलन २०२४ गरिएको थियो । सोही सम्मेलनमा नेपालका चार संस्थालाई अवार्ड प्राप्त भएको हो ।

नेपालका इरासफ्ट सोलुसनले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्सले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्टले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेका छन् ।

एसियाका २४ राष्ट्रको सूचना प्रविधि संस्थाको अन्तर्राष्ट्रिय महासंघ असोसियोको नेपाली सदस्य कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) छ । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवाप्रदायकलाई पुरस्कृत गर्दै आएको छ ।

यो वर्षको अवार्डका निम्ति २०० भन्दा बढी प्रतिस्पर्धी संस्था विभिन्न विधामा मनोनीत भएका क्यानका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro