site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष स्थानमा अग्रता बढाउँदै लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । लिभरपुलले शनिबार राति घरेलु मैदान एन्फिल्डमा भएको खेलमा एस्टोन भिल्लाविरुद्ध २–० को जित निकाल्दै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको हो ।

जितसँगै लिभरपुलले ११ खेलबाट २८ अंक जोडेको छ । लिभरपुललाई पछ्याइरहेको साविक विजेता सिटीले समान खेलबाट २३ अंक जोडेको छ । शनिबार नै भएको अर्को खेलमा सिटी ब्राइटनसँग २–१ ले पराजित हुँदा लिभरपुललाई फाइदा पुगेको हो ।

एन्फिल्डमा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज र मोहम्मद सालाहले गोल गरे । लिभरपुलले दुवै हाफमा समान एक गोल गरेको हो । खेलको २०औँ मिनेटमा नुनेजको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । 

यस्तै, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा सालाहले घरेलु टिमको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा लिभरपुलले २–० को जितसहित तीन अंक पक्का गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro