site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा । गाजामा शनिबार गरिएको इजरायली हमलामा १४ प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका छन् ।

खान युनिसको दक्षिणी क्षेत्रस्थित विस्थापित प्यालेस्टाइनीको निवासमा गरिएको हमलामा उनीहरूको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।

प्यालेस्टाइनी मानवअधिकारवादी संस्था रेड क्रिसेन्टले आक्रमणमा घाइते भएका ११ जनालाई उपचारका निम्ति अस्पतालमा लगिएको पुष्टि गरेको छ ।

गाजाको अल–तुफाहजिल्ला स्थित हजारौँ विस्थापितको आश्रयस्थल फहद अल–सबाह स्कुलमा गरिएको इजरायली आक्रमणमा बालबालिकासहित पाँचको मृत्यु र करिब २२ जना घाइते भएका बासलले जनाएका छन् । उनले घाइतेहरूलाई अल–अहली अरब अस्पतालमा लगिएको बताए ।

यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा दर्जनौँ आतंककारीको मृत्यु भएको जनाएको छ । रफाहमा धेरै लडाकुको मृत्यु भएको जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकानुसार, इजरायलको सैन्य आक्रमणले अधिकांश नागरिकसहित कम्तीमा ४३ हजार ५०८ जनाको ज्यान लिइसकेको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro