site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार तत्काल तलमाथि हुँदैन : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का नेता आनन्द पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणमा नबोलाएको विषयमा सरकार नै टिक्दैन भन्ने चर्चा गलत भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाएका कारण सरकार टिक्दैन भन्ने चर्चा पानीका फोकाजस्तै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाउनुलाई नेपाल बल्ल सार्वभौमसत्तासम्पन्न भएछ भनेर बुझ्नुपर्ने उनले बताए । सरकारले आफ्नो अवधि पूरा गर्ने भन्दै उनले तत्काल तलमाथि नहुने जिकिर गरे ।

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका निम्ति नेपाल सरकारले व्यापक तयारी गरेर त्यसबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा उनले जोड दिए ।

चीनसँगको परम्परागत कूटनीतिक सम्बन्धलाई पुनरवलोकन गर्नुपर्ने, चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा गरिएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्ने एजेन्डा सरकारले बनाउनुपर्ने उनले बताए ।

यस्तै, पोखरेलले बीआरआईको ‘फ्रेमवर्क’ सम्झौता कार्यान्वयनमा समेत सरकारले चीनसमक्ष कुरा राख्नुपर्ने सुझाव दिए ।

फरक प्रसंगमा उनले मानव तस्करीमा मुछिएका एमाले नेता लीलावल्लभ अधिकारीलाई पार्टीका सबैखाले जिम्मेवारीबाट मुक्त गरिएको भन्दै अनुसन्धानका निम्ति राज्यका निकायलाई सघाइने स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro