site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘डोरी’का लागि ‘कास्टिङ कल’

काठमाडौं । चलचित्र ‘डोरी’का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने चलचित्रका लागि अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ ।

निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ गते (आगामी सोमबार) बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा हुने जनाएको छ । 

अडिसनमा सहभागी हुन इच्छुक कलाकारहरूले आफ्नो अभिनय कला देखाउन छोटो मोनोलग वा कुनै दृश्य प्रस्तुत गर्नुपर्ने निर्देशक अरुण लामाले बताए । यसको लागि १८ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष कलाकारहरूले कम्तीमा दुई मिनेट लामो दृश्य प्रत्यक्ष प्रस्तुत गर्नुपर्ने निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

चलचित्रको कथा निर्देशक अरुण लामाले लेखेका हुन् भने मनोज पण्डितले स्क्रिप्टलाई थप प्रभावकारी बनाउन डक्टरिङ गरेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro