site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लुक्लामा एकैदिन १८४ उडान, झन्डै ४०० विदेशी पर्यटक भित्रिए
फाइल तस्बिर ।

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज एकैदिन १८४ वटा हवाई उडान भएको छ । विमानस्थलमा हेलिकप्टर र जहाज गरी १८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार, मौसम खुलेसँगै आज हेलिकप्टरले १५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् । जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ उडान तथा सीता एयरलाइन्सले आठवटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए ।

आज हवाई सेवाबाट मात्रै ३९६ जना विदेशी र १३६ जना नेपाली गरी कुल ५३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार, उक्त संख्यामा पर्यटक भित्रिँदा ३३६ जना विदेशी र १२६ जना नेपाली गरी कुल ४६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन् । नाम्चेबाट आज ४७५ जना विदेशी पर्यटक उकालो लाग्दा ३०३ विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्यांक छ । 

“सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ । तर, चिसो मौसम सुरु भएकाले फर्किनेक्रम पनि त्यत्तिकै रहेको छ,” सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने ।

चिसो सुरु भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ । मंसिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको संख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro