site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उन्मुक्त चन्द लुम्बिनी लायन्समा अनुबन्धित 

काठमाडौं । भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । 

चन्दले भारतलाई कप्तानको रूपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेका थिए । उनीसँग दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरू खेलेको अनुभव छ । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

चन्दको आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास क्लबले लिएको छ । सम्झौतापछि उत्साह व्यक्त गर्दै उन्मुक्त चन्दले भने, “नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रूपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु ।” 

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई लिगको स्तरलाई माथि लैजानेमा विश्वस्त छौँ ।” 

चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो । उक्त खेलहरूमा उनको शतक पनि समावेश छन् । साथै लिस्ट ‘ए’ क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ सात शतक समेत समावेश छन् । टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ । जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् । 

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पुस ६ सम्म चल्नेछ जसमा आठ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन् । नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रणले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने भएको छ । उन्मुक्त चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पुर्‍याउने विश्वास लुम्बिनी लायन्सको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro