site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य तोलामा २८ सयले घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन हालसम्मकै उच्च मूल्यबाट घटेर कारोबार भएको छ । यही कात्तिक १५ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । त्यसपछि आज नयाँ मूल्य तोकिएको हो ।

यस दिन सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक १५ गते छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कात्तिक १५ गते चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro