site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
४० हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

तनहुँ । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ ।

कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताए । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् ।

Argakhachi Cement Island Ad

चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष दुई हजार १७, महिला एक हजार ३३६, नाबालक ४९ गरी तीन हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला सात सय ८५, पुरुष सात सय ५१ गरी एक हजार ५३६ जनाले नागरिकता लिएका छन् । यस्तै, एक हजार १२३ महिला र एक हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपी लिएका छन् । वैवाहिक अङ्गीकृततर्फ भने दुई जनाले मात्र नागरिकता लिएका छन् ।

यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित दुई सय ७, दलित प्रमाणित एक सय ५१, विपन्न खसआर्य १५ र मुस्लिम नौ जनाले सेवा लिएका छन् । पेन्सन सिफारिसतर्फ दुई सय १३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण पाँच र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस दुई जनाले लिएका कार्यालयको तथ्यांक छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्