site stats
बाह्रखरी :: Baahrakhari
देश
गोसाइँकुण्डमा हराएका दुई पर्यटकमध्ये एकजना सम्पर्कमा आए
फाइल तस्बिर ।

रसुवा । हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एकजना सम्पर्कमा आएका छन् ।

दुई साता अगाडि ठमेलस्थित काठमाडौं ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार २३४ मिटर उचाइ) यालापिकमा हराइरहेका चेक रिपप्लिक देशका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ लाङ्टाङको क्याङ्जेनस्थित हायर गेस्ट हाउसको सम्पर्कमा आएका हुन् ।

Argakhachi Cement Island Ad

रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले पनि उनी सम्पर्कमा आएको पुष्टि गरे ।

उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने अझै सम्पर्कविहीन छन् । 

शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धार गरिएको थियो । त्यसक्रममा हिमाली उच्च भागको ३० मिटरभन्दा बढी गहिरो खोचको डिल्लामा स्लिपिङ ब्याग देखिएको अल्टिच्युट एयरका क्याप्टेन (पाइलट) विवेक खड्काले बताए ।

पाइलट खड्काले भने, “क्याङ्जेन माथिको आकाशमा शुक्रबार दिनभर हेलिकप्टरबाट हावाई खोज उद्वारको प्रयास गरे पनि मौसम प्रतिकूलकै कारण राजधानी फिर्ता आउन परेको थियो । शनिबार बिहानको प्रयासबाट स्लिपिङ ब्याग देखिएको हो ।”

यस्तै, गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोट लागेर बीच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ । उनलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरीविनायकबाट उद्धार गरेको हो । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्