site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन : माधव नेपाल 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युुनिस्ट पार्टीबाटै अधिनायकवाद आउन सक्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक कार्यक्रममा उनले अधिनायकवादी प्रवृत्ति हावी हुने खतरा रहेको बताए । 

“भोलि गएर आधिनायकावादी प्रवृत्ति हावी हुने खतरा छ । कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन । समाजवादी पार्टीमा नै लागेका हिटलर अधिनायकवादी बन्न पुगे,” उनले भने । 

अध्यक्ष नेपालले पार्टीहरूमा व्यक्तिवाद हावी भएको सुनाए । “व्यक्तिवाद हावी भएको छ । स्वार्थी प्रवृत्ति हावी भएको छ । मपाईं प्रवृत्ति हावी भएको छ । मैले के पाएँबाट सुरु हुन्छ । जति पटक सरकारमा गए पनि छोड्दैछोड्दैन्,” उनले भने । 

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले अवसर पाएको र महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए । उनले एउटै शक्ति बन्न नसक्ने समस्या कम्युनिस्ट आन्दोलनमा नै रहेको बताए । “एउटै बन्नु राम्रो हो । शक्ति जति बढ्यो राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । समस्या कम्युनिस्ट आन्दोलनभित्र नै छ,” उनले भने । कम्युनिस्ट आन्दोलनमा भ्रष्टीकरण समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro