site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल–हमास युद्धका कारण पर्यावरणले चुकाइरहेको मूल्य !

काठमाडौं । इजरायल–हमास युद्ध सुरु भएको एक वर्ष नाघिसक्यो । युद्धमा गाजाले ४७ हजारभन्दा धेरै नागरिक गुमाइसकेको छ । इजरायल–हमास युद्धले मानवीय क्षतिसँगै पर्यावरणीय क्षति पनि उत्तिकै गरिरहेको छ । युद्धका कारण पर्यावरणले चर्को मूल्य चुकाइरहेको छ ।

भू–उपग्रहबाट प्राप्त तस्बिरहरूमा देखिएअनुसार, इजरायली हमलामा गाजाको ६७.६ प्रतिशत खेतीयोग्य जमिन नष्ट भएको छ । यसले गाजा क्षेत्रमा भविष्यमा भोकमरीको जोखिम बढाएको छ ।

युद्धका कारण गाजाको फोहोर व्यवस्थापन प्रणाली ध्वस्त भएको छ । फोहोरलाई सडक र बस्ती किनारमा व्यवस्थापन गर्न थालिएको छ । यस्तो अव्यवस्थित फोहोर व्यवस्थापनले गाजावासीको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्न सक्ने विज्ञहरूले औँल्याएकाछन् ।

इजरायल–हमास युद्धमा नौ लाख टन विषालु फोहोर (ग्याससहित) उत्पादन भएको छ । यो विषालु फोहोर गाजाको वातावरणमा मिसिएको छ । विषालु फोहोरमा रेडियोधर्मी विकिरण र क्यान्सरको जोखिम बढाउने पदार्थसहित अनेक रसायन छन् ।

यी विषालु ग्यास, रेडियो विकीरण र रसायनले अहिलेमात्र होइन, अबका केही वर्षसम्मै गाजालाई चपेटामा पार्ने छन् । यी पदार्थले गाजावासीको स्वास्थ्यसँगै यहाँको पारिस्थितिक प्रणालीमा खलल पुग्ने छ भने जमिनको उर्वराशक्ति पनि घटाउने छ ।

पानी, बिजुलीको अत्यधिक अभाव, घना सहरी क्षेत्रमा फोहोरको डंगुर, न्यून वर्षा र विषाक्त ग्यासका कारण गाजाको भविष्य रोगमय हुने खतरा बढेको छ ।

संसारभर युद्धका क्रममा प्रयोग भएका विष्फोटक पदार्थले ठूलो मात्रामा कार्बन उत्सर्जन गरेका छन् । कार्बन उत्सर्जन जलवायु परिवर्तनको सबैभन्दा ठूलो कारकमध्ये एक हो । एक अध्ययनअनुसार, विश्वभरमा हुने कुल कार्बन उत्सर्जनका ५.५ प्रतिशत सैन्य गतिविधिबाट उत्पन्न हुन्छ ।

डाउनटूअर्थबाट ।

अमेरिकाले सन् २००१ देखि २०१८ को अवधिमा अफगानिस्तान, इराक, पाकिस्तान र सिरियामा लडेको युद्धमा ४४० मिलियन टन कार्बन उत्सर्जन गरेको विभिन्न अध्ययनले देखाएका छन् । गाजामा इजरायली हमलाका कारण क्षतिग्रस्त भएका भौतिक पूर्वाधारका पुनःनिर्माणका लागि मात्र ६० मिलियन टनसम्म कार्बन उत्सर्जन हुने सम्भावना छ ।

गम्भीर मानवीय संकटको समयमा पर्यावरणीय संकटबारे सोच्न लगभग असम्भवजस्तै हुन्छ । तर, यथार्थ के हो भन यो पर्यावरणीय संकटले गाजा र गाजावासीलाई झन् ठूलो मानवीय संकटमा पारेको छ ।

निरन्तरको बमबारी र युद्धका कारण गाजामा शुद्ध पिउने पानीको चरम अभाव भएको छ । गाजाको लगभग ९७ प्रतिशत पिउने पानी अवरुद्ध भएको छ । बमबारी र त्यसले भत्किएका संरचनाबाट निस्कने धुलो, धुवाँमा स–साना विषालु कण पनि हुन्छन् । यी कणहरू हावामा मिसिएर मान्छेको शरीरभित्र पस्छन् । यसबाहेक इजरायलले निकै विषालु मानिने ‘ह्वाइट फस्फोरस ग्यास’को पनि प्रयोग गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro