site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना आएपछि...
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको अज्ञात समूहले सूचना दिएपछि चेकजाँच सुरु भएको छ । 

दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएको हो ।  विमानमा बमको हल्ला भएपछि सुरक्षा निकायले चेकजाँच गरिहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरिरहेको निरौलाले जनाए । 

यसअघि गएको कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो । 

काठमाडौं आएको भिस्टारा एयरमा बम राखेको हल्लापछि खानतलासी !

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro