site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद तामाङको आरोप– सरकार एकपक्षीय भयो
तस्बिर : रासस ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले सरकारको काम–कारबाही एकपक्षीय रहेको आरोप लगाएका छन् । ऐन–कानुन सबैलाई समान रूपमा लागु गरिनुपर्नेमा उनले जोड दिए ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले विभिन्न प्रकरणमा सत्तापक्षका नेता–कार्यकर्तालाई उन्मुक्ति दिने गरी सरकार अगाडि बढेको टिप्पणी गरे ।

“जसले बाहिर बस्दा भ्रष्टाचारको विरोध गर्ने, भित्र बसेर ठूला–ठूला भ्रष्टाचार गर्ने नै गर्ने देखियो,” उनले भने, “सरकारको रवैया एकपक्षीय ढंगले गरेको देखिएको छ । ऐन–कानुन समान होला नि, सत्तापक्षलाई छाड्ने ।”

बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सुशासन जनताले अनुभूत गर्ने विषय भएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उनले सरकारले काखा र पाखा गर्ने गरेको जिकिर गरे ।

ऐनको कार्यान्वयन महत्त्वपूर्ण विषय भएको उनले उल्लेख गरे । “अहिले जनताको तहमा भ्रष्टाचार निवारणका कुरा आइरहेका छन्, जनताले अनुभूत गर्ने भएको छैन,” उनले भने, “भर्खरै दानदातव्यका कुरा आएका छन् । भ्रष्टाचारका फाइल टुंगोमा पुर्‍याउने र विश्वास गर्नेमा आशंका भइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro