site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सयपत्री फूल बिक्री गरेर दुई लाख आम्दानी

दैलेख । सुर्खेत–दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६, सिस्नेटारस्थित उक्त सडकमा सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । 

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले भने, “गत वर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”

उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, “गतवर्षको फूलमा नोक्सानी व्यहोर्नु परेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” 

यसवर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ ।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए । 

किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।  सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ ।  

उनले तीनजनालाई रोजगारसमेत दिएका छन् । उनले भने, “तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro