site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अदालत परिसरमा उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायिक प्रक्रियामा रहेका विषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन् ।

सहकारी संस्थाको बचत रकम अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उनले उल्लेख गरे । उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले माटामुनि लुकाइएका, खिया लागेका हतियारले अब काम नगर्ने बताए । नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन उनले नेकपा (माओवादी केन्द्र)लाई सुझाव दिए ।

आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेलाई जवाफ दिँदै उनले भाडामा खटाइएकाहरूले विरोध गरेको टिप्पणी गरे ।

उनले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताए । नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छाैँ, मार्छाैँ, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने उनले चेतावनी दिए ।

उनले सत्ता सौदाबाजीका निम्ति राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट पारे ।

नेकपा (एमाले) र नेपाली कांग्रेससहित मिलेर बनेको वर्तमान सरकारले राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका निम्ति पूर्ण कटिबद्ध भएर काम गरिरहेको उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro