site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सरकार विधिको शासनमा अगाडि बढ्छ’

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिँदै सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका निम्ति सबैमा शुभकामना व्यक्त गरे ।

कांग्रेस नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोकेअनुसारका काम सबै मन्त्रालयले पूरा गरेको बताए ।

विपक्षीले उठाएका विषय कति सत्य छ भन्ने समयक्रमले देखाउने उनले उल्लेख गरे । उनले विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको बताए ।

शुक्रबार बसेको सत्तारूढ सात दलको बैठकको निर्णयानुसार नै सरकार विधिको शासनको मार्गमा अघि बढ्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।

संविधान संशोधन आवश्यकताका आधारमा सबै दलको विचार बुझेर प्रक्रियासम्मत रूपमा हुने प्रतिबद्धता पनि उनले जनाए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro