साहित्य
आँखा र मनका परीक्षणमा
आँखा र मनका परीक्षणमा
उसलाई मैले मेरो जीवनका
सबैभन्दा मूल्यवान् वस्तु नै
उपहार चढाएँ ।
तर उसका त आँखा र मन नै रहेनछन्
जुन उपहारलाई उसले बुझ्न सकोस्,
यसउसले नै त उसको योग्यता
त्यत्तिको रहेछ ।।
०००
‘म’–लाई
बाँचौं–बाँचौं लाग्छ मलाई
जब ‘म’–लाई मर्नुपर्छ,
मरौं–मरौं लाग्छ मलाई
जब ‘म’–लाई बाँच्नुपर्छ ।
केही गरौं लाग्छ मलाई
जब ‘म’ दुई बीच हुन्छ बन्द
च्याप्दछन् यी दुईले जब
तब हुन्छ ‘म’–को अन्त ।।
(‘गुमानसिंह चाम्लिङका केही कविता’ बाट ।)
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ ०८:१३
प्रतिक्रिया दिनुहोस्