विदेश
लेबनान । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीनजना पत्रकारको मृत्यु भएको छ । बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमानजिकै शुक्रबार बिहान साढे ३ बजे आक्रमण गरेको थियो ।
सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्यांक, इजरायल र लेबनानमा कम्तिमा १२८ पत्रकारको मृत्यु भएको छ । रासस/एएफपी
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १३:४५
प्रतिक्रिया दिनुहोस्