site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग

काठमाडौं । स्थानीयस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउन एनसेल फाउन्डेसनले सामाजिक विकासका काम गर्न आवेदन खुला गरेको छ । एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानका लागि आवेदन दिन आमन्त्रण छ ।

गतवर्ष १८औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गतका परियोजनाहरू प्रदेशस्तरमा सञ्चालनमा रहेका छन् । यसवर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्छ । यसअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायत  क्षेत्रमा परियोजनाहरू लागु गरिनेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् । छनोटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कुल योगदान एक करोड ९० लाख रुपैयाँको हुनेछ । एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेस गर्न आमन्त्रण गरेको हो ।

यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्छ । एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिइने एनसेल फाउन्डेसनले जनाएको छ । 

“एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजनामार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौँ । हामी सामुदायस्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, “नाइन्टिन फर नाइन्टिन पहलमार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथदिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरू कार्यान्वयन गर्न प्रतिबद्घ छौँ । यो पहलले स्थानीयस्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौँ ।”

गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरूले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उदेश्यहरु हाषिल गर्न योगदान पुर्याउने उद्देश्य राखेको छ ।

अनुदान अर्थात् परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइटबाट आवेदन दिनसक्ने फाउन्डेसनले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro