site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा बित्यो : माओवादी 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा बितेको आरोप लगाएको छ । यही कात्तिक १० गते काठमाडौंमा गर्न लागिएको खबरदारीसभाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरिएको हो ।

“अपारदर्शी, अस्वाभाविक र रहस्यमय तरिकाले संवैधानिक मर्म, भावना र नैतिकताविपरीत बनेको दुईदलीय सरकारको सय दिन बितेको छ । सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको छ,” पत्रकार सम्मेलनमा वितरित प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्ति माओवादी केन्द्रका वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्रीले पढेर सुनाएका थिए ।

जनता र देशको अधिकतम हितमा केन्द्रित हुनुपर्ने समयमा बेलागाम बनेको सरकारलाई जनउत्तरदायी बनाउन खबरदारी गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । “राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल झन्झन् गम्भीर र संवेदनशील भएका छन् । जनता र देशको अधिकतम हितमा केन्द्रित हुनुपर्ने समयमा बेलागाम बनेको सरकारलाई जनउत्तरदायी बनाउन प्रतिपक्षको हैसियतले खबरदारी गर्न कार्तिक १० गते खबरदारीसभा गर्ने निर्णय गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

सरकारको उद्देश्य निहित स्वार्थ समूहको हित र प्रतिरक्षा गर्ने रहेको माओवादीको आरोप छ । “सरकारको तर्फबाट भ्रष्टाचारी जोगाउन र बिचौलियाका पक्षमा एकपछि अर्को निर्णय गर्दै जाने घटनाक्रमको निरन्तरताले सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभई निहित स्वार्थ समूहको हित र प्रतिरक्षा गर्ने रहेको कुरा प्रस्ट हुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

माओवादीले सरकार भ्रष्टाचारमा मुछिएका आफ्ना नेतालाई संरक्षण गर्ने तर विपक्षीलाई खोजीखोजी दण्डित गर्ने कार्यमा लागेको आरोप पनि लगाएको छ ।

सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेललाई संरक्षण गरिएको पनि प्रवक्ता सापकोटाले आरोप लगाए ।

fsdamggdm-1729758844.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro