site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक

काठमाडौं । साओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ ।

रेड्मी प्याड प्रो ५जीमा १२.१ इन्चको २.५ के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापड्र्‍यागन ७ एस जेन २ प्रोसेसर छ । यस्तै, रेड्मी प्याड एसई ८.७ ४जीले कम्प्याक्ट मनोरञ्जन अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ट्याब सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले प्रयोगकर्ताको विविध आवश्यकता पूरा गर्न लगातार नयाँ उत्पादन ल्याउँदै आएको बताए । उनले भने, “रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा लन्च गर्नुको मुख्य उद्देश्य भनेको हाम्रा प्रयोगकर्तालाई एड्भान्सड प्रविधि उपलब्ध गराउनु हो ।”

Argakhachi Cement Island Ad

रेड्मी प्याड प्रो ५जी
रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रदर्शन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने बताइएको छ । यसमा १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पीपीआईको रिजोल्युसन छ । १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेस छ ।

यस ट्याब्लेटमा स्न्यापड्र्‍यागन ७ एस जेन २ प्रोसेसर छ । १०,००० एमएएच क्षमताको ब्याट्री र ३३ वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा छ ।

वाइफाई ६ई, डुअल सिम, डुअल ५जी सपोर्ट र शाओमी हाइपरओएसको साथमा रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्डजस्ता एक्सेसरीले यो ट्याब्लेटलाई थप प्रोडक्टिभ बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

रेड्मी प्याड एसई ८.७ ४जी
रेड्मी प्याड एसई ८.७ ४जीमा ८.७ इन्चको एलसीडी डिस्प्ले छ । यसमा ८४.४१ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस छ ।

मिडियाटेक हेलियो जी ८५ प्रोसेसरद्वारा सञ्चालित यो ट्याब्लेटमा ६ जीबीको र्‍याम र ९० हर्ट्जको रिफ्रेस रेट छ । ट्याबेलटमा ६,६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्ट छ । यस्तै, १२८ जीबी आन्तरिक स्टोरेज र २ टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्ट छ ।

मूल्य
रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रङमा तथा उपलब्ध छ । ६ जीबी + १२८ जीबीको प्रतिमूल्य ३९,९९९ र आठ जीबी + २५६ जीबीको मूल्य ४४,९९९ रुपैयाँ कायम छ ।

यस्तै, रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लु र अरोरा ग्रीनमा उपलब्ध छ । यसको प्रतिमूल्य १९,९९९ रुपैयाँ तोकिएको छ ।

रेड्मी स्मार्ट पेनको मूल्य ६,४९९ रुपैयाँ कायम छ । रेड्मी प्याड प्रो किबोर्डको मूल्य पनि ६,४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्