site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राफिन्हाको ह्याट्रिकप्रेरित बायर्नविरुद्ध बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाको ह्याट्रिकप्रेरित बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्ध ४–१ को जित निकालेको छ ।

बार्सिलोनाले बुधबार राति घरेलु मैदानमा पहिलो मिनेटमै अग्रता बनाएको थियो । राफिन्हाले घरेलु समर्थकमाझ टिमका निम्ति गोल गरेका थिए । तर, १८औँ मिनेटमा ह्यारी केनले गोल गर्दै जर्मन क्बललाई खेलमा फर्काए ।

३६औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को स्थितिमा ल्याए । ४५औँ मिनेटमा राफिन्हाले दोस्रो गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो । ५६औँ मिनेटमा राफिन्हाले ह्याट्रिक गरेसँगै बार्सिलोनाले अग्रतालाई ४–१ को स्थितिमा पुर्‍याएको थियो ।

बार्सिलोनाले सन् २०१४–१५ को सिजनपछि पहिलोपटक बायर्नविरुद्ध जित निकालेको हो । च्याम्पियन्स लिगको इतिहासमा बार्सिलोनाले बायर्नविरुद्ध १२औँ खेल खेल्दा निकालेको यो तेस्रो जित हो । यसअघिका ११ मध्ये बायर्नले आठमा जित निकाल्दा बार्सिलोनाले दुई खेल मात्र आफ्नो पक्षमा पारेको थियो । यी दुई टिमबीचको एक खेल भने बराबरीमा टुंगिएको थियो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको बार्सिलोना च्याम्पियन्स लिग पहिलो चरणको १०औँ स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंकको बायर्न तालिकाको २३औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro