site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतको लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध संघीय निर्वाचन आयोग (एफईसी)मा उजुरी दिएको छ ।

उजुरीमा लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उमेदवार बनेकी कमला ह्यारिसको प्रचारका लागि अमेरिका आएको उल्लेख गरिएको छ ।

Dabur Nepal
NIC Asia

ह्यारिस–वाल्जको चुनावी अभियानलाई सहयोग गर्न लेबर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप उजुरीमा छ । यसलाई ट्रम्पको चुनावी अभियानले ‘स्पष्ट विदेशी हस्तक्षेप’ भनेको छ । 

कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उमेदवार हुन् ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको बीबीसीले जनाएको छ ।

लेबर पार्टीले भने यी आरोपहरूका बारेमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । (बीबीसी) 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro