site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकार खनालको लघुकथाकृति प्रकाशित

काठमाडौं । साहित्य, कला र खेलकुदका क्षेत्रमा परिचित रमेश खनालको लघुकथाकृति ‘युद्धमा बिलाएको सपना’ प्रकाशित भएको छ । यस लघुकथाकृतिभित्र विभिन्न भावका ३१ वटा लघुकथाहरू समेटिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा परिषद् सदस्यको एक कार्यकाल बिताइसकेका खनाल लामो समय खेलकुद परिषद्मामा पनि सक्रिय थिए । कला समीक्षकका रूपमा समेत परिचित उनको ‘अरूपण आर्ट ग्यालरी’ पनि संचालनमा छ, जहाँ उनले ललितकलाको सिकाइका कक्षाहरू चलाउँदै आएका छन् ।

उनको नवीन पुस्तक लघुकथाकृति ‘अरूपण नेशनल रिसर्च सेन्टर, नेपाल’ले प्रकाशनमा ल्याएको हो । यस संग्रहमा खासगरी युद्धका विविध सन्दर्भहरूलाई लघुकथाका रूपमा उनले प्रस्तुत गरेका छन् । यस लघुकथाकृतिको मूल्य ५० रुपैयाँ राखिएको छ ।

साहित्यमा पनि समर्पित खनालको तीन कथासङ्ग्रह र केही कविताकृति प्रकाशित छ । उनको समालोचना कृति प्रकाशित छ । यसबाहेक उनको कलासम्बन्धी केही कृति पनि प्रकाशित छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro